खण्ड ६ : भौतिक तथा सार्वजनिक पूर्वाधार



६.१ यातायात


नक्सा नं. ६.१ : नेचासल्यान गाउँपालिकाको सडक सञ्जालको अवस्था


६.१.१ विद्यमान सडक सञ्जाल


नेचासल्यान गाउँपालिकाबाट सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी, जिल्लाका विभिन्न गाउँ तथा गाउँपालिका साथै देशका अन्य भागमा जानको लागि सडक सञ्जाल विस्तार भइरहेको पाइन्छ । मुख्यगरी गाउँको मुख्य बजार केन्द्र तथा गाउँपालिका केन्द्र रहेको नेचावेतघारी हुँदै सल्यानलाई जोड्ने रमिते सडक, ख्याम्पू काँचोपाते फिरफिरे जोड्ने पताले सडक, चिसापानी जोड्ने सडक, तुइंन टार जोड्ने सडक लगायत गैरी सडक, चुपं सडक गएको छ । गाउँपालिका क्षेत्रमा पक्की सडक ज्यादै न्युन रहेको छ । केही सडकमा ग्राभेल गरिएको भए पनि धेरैजसो सडक कच्ची रहेका छन् । कच्ची सडकमा वर्षा याममा यातायात सञ्चालनमा निकै कठीनाई हुन्छ । यी कच्ची सडकको स्तर उन्नति गर्नु पर्ने देखिन्छ ।

आर्थिक वर्ष २०७४/२०७५ को रिपोर्ट हेर्दा यस वर्ष नेचासल्यान गाउँपालिकामा ६०.४९५ कि.मि. सडकको स्तरोन्नति गरिएको छ र ९७५ मिटर सडकमा सोलिंगको काम पनि गरिएको छ । साथै, यसै वर्ष ४४.०४१ कि.मि. नयाँ सडकको लागी ट्रयाक खोल्ने काम समेत भएको देखिन्छ । यस रिपोर्टको अनुसार नेचासल्यान गाउँपालिकाको सडक संजाल १०५.५०३ कि.मि. रहेको देखिन्छ ।


६.१.२ यातायात सेवा


नेचासल्यानबाट दैनिक भाडाको गाडी सञ्चालन हुँदै आएको छ । नेचाविहिबारे बजारबाट सल्लेरी, चिसापानी, तुइंनटार, ख्याम्पू ,काँचोपाते, फिरफिरे, ओखलढुंगा, काठमाडौँ, घुर्मी, सोलु, रुम्जाटार, रामपुर, नेले, हलेसी, दिक्तेल, कटारी, इटहरी, धरान, विराटनगर लगायत अन्य ठाउँसम्म बस सेवा सञ्चालन हुने गरेको छ । गाउँपालिकाको केन्द्रदेखि गाउँका अन्य वडाहरुमा जान कच्ची सडक भएपनि दैनिक यातायात भने सञ्चालनमा छैनन् । गाउँपालिकामा सडक कच्ची र सानो भएको कारण हुलका सवारी जस्तै सुमो र बोलेरोले मात्र यातायात सेवा प्रदान गर्दै आइरहेका छन् ।

नेचासल्यानमा संचालित अस्थायी बसपार्कको तस्विर


कच्ची र भिरालो बाटो भएपनि यस गाउँपालिकामा निजि सवारीसाधनको प्रयोगको संख्या पनि उच्च रहेको छ । विशेषगरी यहाँ मोटरसाइकल प्रयोग गर्नेको संख्या बढी रहेको देखिन्छ । । गाउँको कुल घरधुरी संख्या मध्ये १७२ ( ८५.५७ प्रतिशत ) जनाले मोटर साइकल, ९ ( ४.४८ प्रतिशत ) जनाले साइकललाई यातायातको साधनको रुपमा प्रयोग गरेको पाईन्छ । गाउँमा ट्याक्सी/जीप हुनेको संख्या ९ (४.४८ प्रतिशत ) , बस हुनेको संख्या ५ ( २.४९ प्रतिशत ), ट्याक्टर हुनेको संख्या ३ ( १.४९ प्रतिशत ) र अन्य साधन हुनेहरुको संख्या ३ ( १.४९ प्रतिशत ) रहेको छ । गाउँपालिकाको ४ नं. वडा मा सबैभन्दा बढी र ५ नं. मा सबैभन्दा कम यातायातको साधन रहेको पाईन्छ । वडा अनुसारको यातायातको साधनको विवरण तल तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ६.१ : यातायातको साधनको वडागत विवरण



६.२ संचार


नेपालमा वि.सं. २०४८ साल सम्म संचार माध्यमहरू सिमित थिए । वि.सं. २०४६ सालको जनआन्दोलनको सफलता पछि भएको २०४८ आम निर्वाचन पश्चात देशको सञ्चार क्षेत्रमा क्रान्ति नै आयो । देशका विभिन्न क्षेत्रमा पत्रपत्रिका (दैनिक, साप्ताहिक, पाक्षिक र मासिक), एफ.एम. रेडियो, केबुल टेलिभिजन, स्थानीय तथा राष्ट्रिय टेलिभिजन, टेलिफोन, मोबाइल सेवा तथा इन्टरसेवाको विस्तार तीब्र गतिमा हुन थाल्यो । जसको प्रभाव देशका विभिन्न भागमा पनि विस्तारै पर्न गएको छ । नेचासल्यान गाउँपालिकामा हाल कुनै पनि एफएम स्टेशन नभएपनि सोलुखुम्बु जिल्ला र आसपासका अन्य जिल्लाहरू– ओखलढुंगा लगायतका जिल्लाबाट प्रशारण हुने विभिन्न एफ.एम रेडियोहरु सुन्न सकिन्छ । गाउँपालिका क्षेत्रबाट कुनै पनि स्थानीय टेलिभिजन सञ्चालन नभए पनि गाउँपालिका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरु केवल नेटवर्क तथा डिसहोम (डिटिएच) मार्फत हेर्न सकिन्छ । राष्ट्रिय स्तरमा प्रकाशन हुने दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकाहरु गाउँक्षेत्रमा पाइने गरेको छ । नेचासल्यान गाउँपालिकामा अनलाईन समाचार र वेबसाइटहरू पनि उपलब्ध छन् ।

गाउँपालिकामा चर्चित केहि एफ.एमहरु:

• सोलु एफ.एम १०१.२
• हिमाल एफ.एम ९०.२

६.२.१ टेलिफोन तथा मोबाइल फोन सेवा


यस नेचासल्यान गाउँपालिकाका वडा केन्द्रहरुमा नेपाल टेलिकम (NTC) को मोबाइल नेटवर्क सामान्य अवस्थामा रहेको छ भने अधिकांश क्षेत्रहरुमा अत्यन्त कमजोर रहेको देखिन्छ । सञ्चार सम्बन्ध कायम गर्नका लागि यहाँका जनताहरूले NTC , Sky र NCell लगायत सबै किसिमका मोबाइल सिम बोक्न बाध्य छन् । राम्रो पावर ब्याकप नहुदाँ दिनहुँ जसो नेपाल टेलिकम (NTC) को मोबाइल नेटवर्कमा समस्या आइरहने गरेको छ ।

गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यलयमा, सबै वडा कार्यालयहरु , माद्यमिक तहका विद्यालयहरु र स्वास्थ संस्थाहरुमा पनि इन्टरनेट सेवाको पहुँच रहेको देखिन्छ । नेपाल टेलिकम बाहेक अन्य ISP हरुले पनि नेचासल्यान गाउँपालिकामा इन्टरनेट सेवा विस्तार गरेको देखिन्छ । यधपि गाउँपालिकाको भौगोलिक स्थिति र बिजुलीको समस्याले गर्दा भरपर्दो इन्टरनेट सेवा पाउन भने सकिएको छैन ।

६.२.२ हुलाक सेवा


गाउँमा आधा शताब्दीदेखि सञ्चार क्षेत्रमा सेवा पुर्याइरहेको हुलाक सेवा हाल गाउँका विभिन्न वडाहरूमा कार्यरत छन् । अतिरिक्त हुलाक सल्यान र नेचाबतासेमा साथै इलाका हुलाक नेचा बेतघारीमा गरी जम्मा ३ ओटा हुलाक कार्यालयहरूबाट गाउँ भित्र र गाउँ बाहिर एवम् विदेशमा समेत हुलाक सेवा प्रदान भईरहेको छ । हुलाक सेवा अन्तर्गत साधारण चिठीपत्रहरू, रजिष्ट्री पत्रहरू, बिमा पुलिन्दा, धनादेश सेवा र बचत सेवाहरू सञ्चालित छन् ।



६.३ विद्युत


६.३.१ विद्युतीकरणको वर्तमान अवस्था


यस नेचासल्यान गाउँपालिकाको वडा नं. १ र २ मा १०० KW त्रिवेणी लघु जलविद्युतबाट विद्युत सेवा वितरण गरिएको छ । वडा नं. ३, ४ र ५ मा भने अझै पनि बिजुली नपुगेको हुनाले गाउँपालिकाले यस क्षेत्रलाई केन्द्रित गरेर तुइन्टार लघु जलविद्युत आयोजनाको लागि टेन्डर सूचना प्रकाशित गरेको छ । साथै, राष्ट्रिय प्रसारण लाइन मार्फत ग्रामिण विद्युतीकरणको लागि गाउँपालिकाको तर्फबाट D.P.R को तयारी पनि भइरहेको छ ।

भविष्यमा गएर गाउँपालिका नजिक निर्माणाधीन Lower Solu Hydropower बाट पनि यस क्षेत्रमा विद्युत सेवा वितरण हुने देखिन्छ । यस बाहेक, साहस उर्जाले गाउँपालिकाको साबिकका गा.वि.स,नेचावेतघारी र सल्यान,लाई प्रभावित क्षेत्रमा राखेर Lower Solu Hydropower को एक घरधुरी २०० कित्ता सेयर पनि वितरण गरेको छ ।

६.३.२ बत्ती बाल्न प्रयोग गरिने इन्धनको विवरण


घरधुरी सर्वेक्षण २०७५ को नतिजाअनुसार दैनिक बत्ती बाल्न प्रयोग गरिने इन्धनमा मट्टितेल, बिजुली र अन्य स्रोतहरू भन्दा सोलार बढी प्रयोग गरेको देखिन्छ । गाउँको कुल घरपरिवारको ४३.९४ प्रतिशत अर्थात् १२०८ घरपरिवारले बत्ती बाल्न सोलार स्रोतको प्रयोग गरेको देखिन्छ भने विद्युतको प्रयोग गर्ने घरपरिवार ४२.८५ प्रतिशत अर्थात् ११७८ रहेको छ । यसैगरी मट्टितेल प्रयोग गर्ने घरपरिवार ६.३७ प्रतिशत अर्थात् १७५ र अन्य स्रोत प्रयोग गर्ने घरपरिवार ६.८४ प्रतिशत अर्थात् १८८ रहेको छ । जसको विस्तृत विवरण तलको तालिकामा देखाइएको छ ।

तालिका नं. ६.२ : बत्ती बाल्न प्रयोग गरिने श्रोत



६.३.३ खाना पकाउन प्रयोग गरिने इन्धनको विवरण


तालिका नं. ६.३ : खाना पकाउन प्रयोग गरिने इन्धनको विवरण


माथिको तालिकामा यस गाउँपालिकामा खाना पकाउनका लागि प्रयोग गरिने इन्धनको विवरण प्रस्तुत गरिएको छ जसअनुसार २,६९५ परिवारहरुले काठ दाउरालाई मुख्य इन्धनको रुपमा प्रयोग गर्ने पाइयो भने विधुतको प्रयोगबाट खाना पकाउने परिवारको संख्या ७, गोबरग्याँसको प्रयोगबाट खाना पकाउने परिवारको संख्या ३, मट्टीतेलको प्रयोगबाट खाना पकाउने परिवार संख्या २ र अन्य स्रोतको प्रयोगबाट खाना पकाउने परिवारको संख्या ४२ रहेको पाइयो । माथिको विवरणलाई हेर्दा सबै वडाहरुमा दाउरालाई मुख्य इन्धनको रुपमा प्रयोग गर्नेको बाहुल्यता रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । माथि उल्लेखित तालिकाको विवरणलाई स्तम्भ चित्रमा पनि देखाइएको छ ।


६.३.४ खाना पकाउन प्रयोग गरिने चूलोको विवरण


तालिका नं. ६.४ : खाना पकाउन प्रयोग गरिने चूलोको विवरण




६.४ खेलकुद तथा मनोरन्जन


खेलकुद क्षेत्रमा स्वास्थ्य, प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी गाउँको चौतर्फी विकासलाई बल पु¥याउन सकिन्छ भन्ने मान्यता अनुसार यस गाउँ खेलकुदको विकास भएको पाइन्छ । गाउँपालिका खेलकुद विकास समितिले एक वडा एक खेल मैदान भन्ने अवधारणा अघि सारेको छ । यसको लागि गाउँमा विभिन्न खुला स्थानहरूको खोजी भइरहेको र पूर्वाधार निर्माणको काम पनि भइरहेको छ र यहाँ सबै जसो विद्यालयमा खेलमैदान रहेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ( फुटबल ) २०७४ आयोजना भएको गाउँपालिकामा विभिन्न वडा स्तरीय खेलकुद प्रतियोगिता पनि आयोजना हुने गरेका छन् । २०७५ साल कार्तिकमा गाउँपालिकाद्वारा आयोजित नेचा सल्यान गोल्ड कप (खुला पुरुष फुटबल) प्रतियोगितालाई उदाहरणको रुपमा लिन सकिन्छ । हालसालै गाउँपालिकाले खेलाडीको मनोबल बढाउन तेक्वान्दो खेलाडीलाई सम्मान कार्यक्रम पनि राखेको थियो ।

नेचासल्यान गाउँपालिकाको वडा नं ५ को नाम्लुंगमा अवस्थित खेलकुद मैदान


२०७५ साल कार्तिक ११ गते गाउँपालिकाद्वारा आयोजित नेचासल्यान गोल्ड कप प्रतियोगिताका केहि झलकहरु