खण्ड ९ : विकास सुचकांक र गरिबीको स्थिति



९.१ मानव विकास सुचकको विवरण


मानव विकास सुचकले तीनवटा कुरालाई आधार बनाएको छ जसमा आम्दानी, शिक्षा र सापेक्षित आयु छन् । यी तिनवटै परिसुचकलाई समावेश गरी मानव विकासको सुचक निर्धारण गरिएको छ । हरेक देश/ठाउँका जनताको स्वास्थ्य स्थिति, शैक्षिक अवस्था, तथा जीवन स्तरको अवस्था मापन गरी स्तर निर्धारण गर्ने प्रयोजनको लागि संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (UNDP) ले विकास गरेको शिक्षा, स्वास्थ्य तथा प्रतिव्यक्ति आयका सूचकहरूको संयुक्त सूचकाङ्क नै मानव विकास सूचकाङ्क हो । UNDP नेपालले हालै नेपालका सबै जिल्लाहरूको मानव विकास सूचकाङ्कको मान समेटिएको नेपाल मानव विकास प्रतिवेदन, २०१४ सार्वजनिक गरेको छ । यो प्रतिवेदन अनुसार सोलुखुम्बु जिल्लाको मानव विकास सूचकाङ्क ०.५०२ (नेपालको ०.४९०) रहेको छ । अर्थात् सोलुखुम्बु जिल्लाको मानव विकास सूचकाङ्क नेपालको राष्ट्रिय औषत भन्दा कम देखिन्छ ।

मानवविकास सूचकाङ्कको आधारमा सबैभन्दा माथिल्लो स्थान ओगट्न सफल काठमाण्डौं जिल्लाको मानव विकास सूचकाङ्क ०.६३२ रहेको छ भने दोस्रो स्थानमा ललितपुर मानव विकास सूचक ०.६०१ रहेको छ । पुच्छारमा रहेको बाजुरा जिल्लाको मानव विकास सूचकाङ्क ०.३६४ रहेको छ । मानव विकास सूचकाङ्कका अवयव सूचकहरू हेर्ने हो भने सोलुखुम्बु जिल्लाको हरेक व्यक्ति बाँच्ने अपेक्षित औषत आयु (Life expectancy) ६८.८३ वर्ष र यसको सूचक ०.७३१, प्रौढ साक्षरता दर (Adult Literacy Rate) ५७.५१ प्रतिशत र यसको सूचक ०.५७५, शिक्षा आर्जनमा खर्चेको औषत समय (Mean Year of Schooling) ३.३० वर्ष र यसको सूचक ०.२२ तथा कुल राष्ट्रिय प्रतिव्यक्ति आय (Per Capita Income) १,८४१ अमेरिकी डलर र यसको सूचक ०.४८६ रहेको देखिन्छ ।

तालिका नं. ९.१ : मानव विकास सुचकको विवरण




९.२ मानव गरीबी सुचकाङ्क


अपेक्षित औषत आयु ४० वर्ष वा सो भन्दा कम भएको जनसंख्याको प्रतिशत, प्रौढ निरक्षरता, सुरक्षित खानेपानी नपुगेको जनसंख्याको प्रतिशत तथा कुपोषित ५ वर्ष भन्दा मुनिका बालबालिकाहरूको प्रतिशत जस्ता सूचकहरूको संयुक्त सूचकाङ्कको रुपमा विकास गरिने मानव गरीबी सूचकाङ्कको स्थिति हेर्दा सोलुखुम्बु जिल्ला मानव विकास सूचकाङ्कको स्थिति त्यति राम्रो अवस्थामा रहेको देखिन्न । सोलुखुम्बु जिल्लाको मानव गरीबी सूचकाङ्क मान ३२.४८ (नेपालको ३१.१२) रहेको छ । यो सूचकाङ्कको मान जति कम भयो त्यति राम्रो मानिन्छ किनभने यो सूचकाङ्क नकारात्मक सूचकहरूको प्रयोग गरी निकालिन्छ । जस्तैः प्रौढ निरक्षरता दर । मानव गरीबी सूचकाङ्कको आधारमा सबैभन्दा माथिल्लो स्थानमा हुम्ला जिल्लाको मानव गरीबी सूचकाङ्क ४९.२६ रहेको छ भने पुच्छारमा रहेको कास्की जिल्लाको मानव गरीबी सूचकाङ्कक १६.५० रहेको छ । मानव गरीबी सूचकाङ्कका अवयव सूचकहरूमा सोलुखुम्बु जिल्लाको प्रौढ निरक्षरता दर ४२.४९ प्रतिशत, ४० वर्ष सम्म पनि बाँच्न सक्ने अपेक्षा नगरिएको जनसंख्या (Percentage of people not expected to survive to age 40) ८.७४ प्रतिशत, सुरक्षित खानेपानी नपुगेको जनसंख्या (Percentage without safe water) ११.१८ प्रतिशत तथा ५ वर्ष मुनिका कुपोषणबाट प्रभावित बालबालिकाको संख्या (Percentage of children under age 5 who are malnourished) ४७.६ प्रतिशत रहेको देखिन्छ ।



९.३ मानव विकास र गरीबी


नेपालमा गरीबीको लघुक्षेत्र अनुमान, २०६८ अनुसार सोलुखुम्बु जिल्ला न्युन समृद्धिस्तर भएका जिल्लाहरूको श्रेणीमा पर्दछ । ७५ जिल्लाहरू मध्ये यो जिल्ला ३६ औँ स्थानमा रहेको छ । गरीबीको दर २५.६६ प्रतिशत रहेको यस जिल्लामा गरिबीको रेखामुनी रहेको संख्या २६,९६४ रहेको देखिन्छ । गरिबीको दरको आधारमा सबैभन्दा कम स्थान ओगट्न सफल कास्की जिल्लाको गरीबीको दर ४ प्रतिशत रहेको छ भने उच्च गरीबीको दर रहेको बाजुरा जिल्लाको गरीबीको दर ६४.१ प्रतिशत रहेको छ । जसको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ९.२ : सोलुखुम्बु जिल्लामा गरीबीको दरको विवरण




९.४ गरिबी न्यूनीकरण


सहरी गरिबी न्यूनीकरणका लागि स्वरोजगर सृजना गर्ने, उद्यमशीलताको खोजी तथा प्रवर्द्धन गर्ने एवं विभिन्न सिपमूलक तथा क्षमता अभिवृद्धि हुने क्रियाकलापद्वारा विशेषत ग्रामीण प्रकृतिका वडाहरूमा रोजगारी सृजना गर्नेतर्फ कार्यक्रम केन्द्रित गरी नयाँ थप भएका वडाहरूमा विभिन्न सिपमूलक तालिम सञ्चालन गरी जीविकोपार्जनका कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने देखिन्छ ।



९.५ समग्र विकास स्थिति


हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ को नतिजा अनुसार १५,५२६ जना मानिसको बसोबास भएको यस गाउँपालिकामा खास गरी सामाजिक रुपले पछि परेका र आर्थिक रुपले विपन्न अवस्थामा रहेका गरिबीको रेखा मुनि परेका मानिसको जीवनस्तरलाई कसरी माथि उठाउने र सामाजिक भेदभाव रहित एवं आर्थिक रुपले सम–समुन्नत नगरको निर्माण कसरी गर्ने भन्ने चुनौतीलाइ समयसापेक्ष रुपमा समाधान गर्न विगत देखि वर्तमानसम्म गरिएका मानवीय प्रयासहरू र तिनबाट प्राप्त प्रतिफलको आधारमा जीवनस्तरमा भएको रुपान्तरणलाई नै अहिलेसम्मको मानवीय विकासको रुपमा लिन सकिन्छ । यसरी हेर्दा गाउँबासीहरूको मानवविकास सुचकांक, लैंगिक समता सुचकांक, जनताको बाच्ने औसत आयु, औसत ग्राहस्थ उत्पादन, औसत साक्षरतादर र औसत आम्दानी जस्ता विभिन्न आयामहरूलाई दृष्टिगत गर्नु आवश्यक हुन जान्छ । संक्षेपमा गाउँको मानवीय विकासको स्थितिलाई हेर्दा जनताको यातायात सेवामा पहुँच अझै पनि बाह्रै महिना भरपर्दो गरी पु¥याउन सकिएको छैन । यसै गरी स्वास्थ्य सेवाको पहुँचमा खास गरी आदिवासी जनसमुदायको बसोबास र बाहुल्य रहेको भौगोलिक क्षेत्रमा थप सेवा प्रदान गर्नुपर्ने आवश्यकता विद्यमान छ । अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी, स्थापित भए बमोजिम आवश्यक दक्ष स्वास्थ्यकर्मीहरूको प्रयाप्ता नहुँदा जनताको स्वास्थ्य सेवा पाउने स्थितिमा गुणात्मक परिवर्तन आएको देखिँदैन । एकातर्फ ४० वर्ष माथिको उमेरसम्म बाँच्नेहरूको संख्या ८.७४ प्रतिशत रहेको पाइन्छ भने अर्का तर्फ बाचिरहेका जनताको पोषणको अवस्थालाई समेत ध्यान दिनु पर्ने देखिन्छ । हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ को नतिजा अनुसार गाउँपालिकामा खानेपानीको आपूर्तिको लागि विभिन्न श्रोतको प्रयोग गरेको देखिन्छ । जसमा धाराको पानी प्रयोग गर्ने घरधुरीको संख्या सबैभन्दा बढी ८१.७२ प्रतिशत देखिन्छ भने दोस्रो ठूलो स्रोतको रुपमा कुवाको पानी प्रयोग गर्नेको संख्या १३.३८ प्रतिशत देखिन्छ । त्यस्तै नदी तथा खोलाको पानी प्रयोग गर्ने ४.७१ प्रतिशत, मूलको पानी प्रयोग गर्ने ०.९५ प्रतिशत र अन्य स्रोतको पानी प्रयोग गर्ने ०.२४ प्रतिशत देखिन्छ ।

सामाजिक एवं मानव विकासको एक महत्वपूर्ण आयमको रुपमा रहेको शिक्षा क्षेत्रमा यो गाउँ अन्य समग्र देशको तुलनामा बराबर जस्तो रहेको देखिन्छ । हालसालै सम्पन्न घरधुरी सर्वेक्षण २०७५ को नतिजा अनुसार यस गाउँपालिकाको साक्षरता दर ६५.३५ प्रतिशत (नेपालको ६५.९४ प्रतिशत) रहेको छ । लैंगिक हिसाबले यो गाउँमा पनि अन्यत्र झैं केही विभेद रहेको पाईन्छ । जस्तैः यस गाउँको पुरुषको साक्षरता दर ७६.३० प्रतिशतको तुलनामा महिलाको साक्षरता दर ५४.३० प्रतिशत मात्र रहेको छ । पुरुष र महिलाको साक्षरता दरमा २२ प्रतिशतको फरक देखिन्छ । सबैभन्दा अग्रस्थानमा रहेको काठमाण्डौ जिल्लाको साक्षरता दर ८६.२५ प्रतिशत रहेको छ भने पुच्छारमा रहेको रौतहट जिल्लाको साक्षरता दर ४१.६९ प्रतिशत रहेको छ ।



९.६ गाउँपालिकाको अन्य तहसँगको अन्तर सम्बन्ध तथा साझेदार संघ/संस्था


कुनै पनि गाउँपालिका वा गाउँपालिकाको अर्को गाउँपालिका अथवा गाउँपालिकासँग कुनै न कुनै रुपमा एक आपसमा सम्बन्ध रहेको हुन्छ । सम्बन्धको प्रकृति र दुरी गाउँपालिकाहरू बीच फरक–फरक हुन सक्छ । मानव विकासको निम्ति विभिन्न स्थानहरूमा आवत जावत गर्नु पर्ने, उपलब्ध स्रोत र साधनको परिचालन गर्ने क्रममा एक गाउँपालिकाले अर्को गाउँपालिकामा निर्भर रहनु पर्ने हुन्छ । ती अन्तरनिर्भताका मुख्य क्षेत्रहरू यातायात, बसाईसराई, कृषि तथा पशु उपज, वन पैदावर, पर्यटन, रोजगारी, प्राकृतिक स्रोत उपयोग एवं व्यवस्थापन, शिक्षा, स्वास्थ्य आदि हुन् । यस गाउँपालिका मा भएका विविध सुविधा प्राप्त गर्न अन्य गाउँपालिका तथा गाउँपालिकाबाट आउने गरेको देखिन्छ । अन्य पहाडी/तराई क्षेत्रबाट कृषि र वनजन्य उत्पादनहरू यस नगरमा भित्रिने गर्दछन् र यहाँको विभिन्न घरेलु उद्योगबाट उत्पादित वस्तु तथा विभिन्न सेवाहरू अन्य गाउँपालिका/गाउँपालिका सम्म निर्यात गर्ने गरेको पाइन्छ जसले गर्दा यहाँका स्थानीय बासिन्दाको आयस्तरमा वृद्धि हुन पुगेको छ । यी विविध कारणले अन्तर गाउँपालिका /गाउँपालिकासम्बन्ध अझ बढी सुदृढ भएको देखिन्छ । नेचासल्यान गाउँपालिकाको छिमेकी गाउँपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिजस्ता सरकारी निकायहरुसँग राम्रो सम्बन्ध रहेको छ । फलतः यस क्षेत्रको विकासात्मक कृयाकलापको सञ्चालनमा समन्वय गर्ने गरिएको छ । त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थासँग समेत राम्रो सम्बन्ध रहेको छ ।