खण्ड ३ : जनसांख्यिक विवरण



३.१ जनसंख्याको विवरण


नेपालमा जनसंख्याको विविध पक्षको तथ्याङ्क प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको साथै स्थानीय तहमा घरधुरी सर्वेक्षण मार्फत समेत प्राप्त हुने नतिजाको आधारमा विकासको लागि आवश्यक आर्थिक, भौतिक, सामाजिक साथै अन्य साधनहरूको परिचालन गरी विकास योजना तर्जुमा गर्ने गरिन्छ । तसर्थ, नेचासल्यान गाउँपालिकामा वि.सं. २०६८ को राष्ट्रिय जनगणना पछि घरधुरी सर्वेक्षण नभएको अवस्थामा २०७५ मा स्थानीय तहमा घरधुरी सर्वेक्षण गरिएको छ । त्यसैले घरधुरी सर्वेक्षण, २०७५ को जनगणनाबाट प्राप्त नतिजाको आधारमा जनसंख्याका विविध पक्षहरूको विश्लेषण गरिएको छ ।

पछिल्लो सर्वेक्षण अनुसार नेचासल्यान गाउँपालिकाको जनसंख्या १५,५२६ जना रहेको छ, जस मध्ये पुरुष ५०.२४ प्रतिशत (७,८०१ जना) र महिला ४९.७६ प्रतिशत (७,७२५ जना) रहेका छन् । तत्कालिन जनगणना अनुसार लैंगिक अनुपात (Sex Ratio) ९९ रहेको छ अर्थात् प्रति १०० पुरुषमा महिलाको संख्या ९९ रहेको छ । साथै, जनसंख्याको ७२.७५ प्रतिशत(११,२९५ जना) स्थायी रुपमा गाउँपालिकामा बसोबास गर्दै आइरहेका भने २७.२५ प्रतिशत(४,२३१ जना) अस्थायी रुपमा बसोबास गर्दै आइरहेका छन् । जनघनत्व (प्रति वर्ग किलोमिटरमा रहेको जनसंख्या) करिब २२९.८७ जना प्रति वर्ग किलोमिटर रहेको छ । घरधुरी सर्वेक्षण, २०७५ अनुसार नेचासल्यान गाउँपालिकामा २,७४९ घरपरिवार रहेका छन् । हाल यस गाउँपालिकामा प्रति परिवार औषत ५.६४ जना सदस्य रहेको देखिन्छ । नेपालको परिवारको औषत आकार ४.८८ रहेको छ । देशमा सबैभन्दा बढी रौतहट जिल्लामा ६.४४ र सबैभन्दा कम कास्कीमा ३.९२ रहेको देखिन्छ । यस अर्थमा, नेचासल्यान गाउँपालिकामा परिवारको आकार समग्र देशको परिवार आकारभन्दा तुलनात्मक रुपमा ठुलो देखिन्छ ।


तालिका नं. ३.१ : जनसंख्याको विवरण


वडागत जनसंख्याको स्तम्भचित्रमा प्रस्तुतीकरण


वडागत पुरुष र महिलाको जनसंख्याको स्तम्भचित्रमा प्रस्तुतीकरण


प्राप्त तथ्याङ्कलाई हेर्दा यस गाउँपालिकाको सबै वडाहरुमा पुरुष र महिलाको संख्यामा पुरुषको बढी देखिए पनि धेरै अन्तर भने देखिदैन । कूल जनसंख्याको ५०.२४ प्रतिशत (७,८०१ जना) पुरुष र ४९.७६ प्रतिशत (७,७२५ जना) महिला भएको यस गाउँपालिकामा लैंगिक अनुपात ९९ भएकोले यो पुष्टि गर्छ कि यहाँ पुरुष र महिलाको संख्या लगभग बराबर जस्तो छ ।


वडागत स्थायी र अस्थायी बसोबास गर्नेको जनसंख्या स्तम्भचित्रमा



३.२ घरधुरीको विवरण


यस नेचासल्यान गाउँपालिकामा २,७४९ वटा घरधुरी रहेको पाइएको छ जस मध्ये सबैभन्दा बढी वडा नं. ३ मा ७६८ र सबैभन्दा कम वडा नं. ५ मा ४१६ वटा घरमा परिवारहरु बसोबास गर्दै आइरहेका छन् । गाउँपालिका स्थित घरधुरीमा ८४.४७ प्रतिशत(२,३२२ जना) पुरुष घरमुली रहेका छन् भने १५.५३ प्रतिशत(४२७ जना) महिला घरमुली रहेका छन् । लैङ्गिक आधारमा घरमुलीको संख्यामा पुरुष र महिला बीच ठूलो अन्तर देखिन्छ ।

वडागत घरधुरीको विवरण वर्गचित्रमा


तालिका नं. ३.२ : घरमुलीको लैंगिक विवरण




३.३ जातजातिको विवरण


नेपाल बहु जातिय मुलुक भएको अवस्थामा यस गाउँपालिकामा पनि विभिन्न जातजातिहरूको बसोबास रहेको पाइन्छ । पछिल्लो जनगणना अनुसार यस गाउँपालिकामा बसोबास गर्दै आएका विभिन्न जातजातिहरूको विवरणलाई तलको तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ३.३ : जातजाति अनुसार वडागत जनसंख्या विवरण


माथिको तालिकाको तथ्याङ्कलाई हेर्दा यस गाउँपालिकामा मुख्य १२ जातिहरुको बसोबास रहेको छ जस मध्ये सबैभन्दा बढी ब्राह्मण जाति कुल जनसंख्याको २६.५२ प्रतिशत रहेको देखिन्छ भने ०.७८ प्रतिशत रहेको चर्मकार जाति सबैभन्दा कम बसोबास गर्ने जातिको रुपमा पाइएको छ । दोस्रो स्थानमा वाहिंग जाति १८.८९ प्रतिशत र तेस्रोमा थुलुंग जाति १३.९७ प्रतिशत रहेको पाइन्छ । साथसाथै, अरु जातिहरु क्षेत्री, शेर्पा, नेपाली, विश्वकर्मा र नेवारको उल्लेख्य बसोबास रहेको छ भने मगर, भुजेल र तामांग जातिहरुको संख्या न्यून देखिन्छ ।

जात अनुसार जनसंख्या विवरण स्तम्भचित्रमा



३.४ मातृभाषाको विवरण

यस गाउँपालिकामा बसोबास गर्ने व्यक्तिहरूले बोल्ने मातृभाषामा प्रायजसोले नेपाली बोल्ने गरेको पाइन्छ । तथ्याङ्कको आधारमा नेपाली भाषालाई मातृभाषाको रुपमा बोल्नेको संख्या ८४०२ (५४.११ %) रहेको छ भने अन्य भाषा बोल्नेहरूको संख्या न्यून रहेको छ । दोस्रो बढी बोलिने भाषा वाहिंग (१८.०६ %) रहेको छ भने थुलुंग (१४.०६ %) तेस्रो बढी बोलिने भाषा रहेको छ । पछिल्लो गणना अनुसार यस गाउँपालिकामा बोलिने विभिन्न भाषाहरूको विवरणलाई तलको तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ३.४ : मातृभाषा अनुसार वडागत जनसंख्या विवरण



३.५ धर्मको विवरण


धार्मिक दृष्टिकोणले हेर्दा यस गाउँपालिकामा अधिकांश हिन्दु धर्मावलम्बीहरू रहेका छन् । कूल जनसंख्याको ६८.८९ प्रतिशत (१०,६९६ जना) हिन्दू , १०.०४ प्रतिशत (१,५६० जना) बुद्धिस्ट र १.६१ प्रतिशत (२५१ जना) क्रिश्चियन धर्मावलम्बी रहेका छन् । अन्य १९.४४ प्रतिशत (३,०१९ जना) भित्र मुस्लिम, थुलुंग र वाहिंग जातहरु रहेका छन् । जसले यो देखिन्छ कि नेपालको अरु भूभागमा जस्तै यस गाउँपालिकामा पनि धार्मिक विविधता रहेको छ ।

गाउँपालिकामा विभिन्न धर्मावलम्बीहरूको बसोबास रहेको हुनाले उनीहरुको आआफ्नै चाडपर्वहरु छन् । हिन्दू धर्मावलम्बीहरुले विशेषत: बडादशैं, तिहार, महाशिवरात्री, हरितालिका तिज, श्रीपञ्चमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, श्री स्वस्थानी पूर्णिमा, आदि चाडपर्वहरु मनाउने गर्दछन् भने बौद्ध धर्मावलम्बीहरुले बुद्धजयन्ती र विभिन्न ल्होसार पर्वहरु मनाउने गरेको पाइएको छ । यसैगरी, क्रिश्चियनहरुले क्रिशमस डे र नयाँ वर्ष धुमधाम संग मनाउने गरेका छन् ।

धर्म अनुसार जनसंख्या विवरण वर्गचित्रमा


धर्म अनुसार वडागत जनसंख्या विवरण स्तम्भचित्रमा


प्राप्त तथ्याङ्कलाई हेर्दा यस गाउँपालिकाको सबै वडाहरुमा हिन्दु धर्मावलम्बीहरूको संख्या धेरै देखिएको छ । वडा नं. ३ मा उल्लेख्य मात्रामा हिन्दु धर्मावलम्बीहरू रहेका छन् भने अरु वडाहरुमा मिश्रित धर्मावलम्बीहरू देखिन्छ । हिन्दू र क्रिश्चियन धर्मावलम्बीहरु हरेक वडामा देखिएका छन् भने वडा नं. २ र ४ मा बुद्धिस्ट धर्मावलम्बीहरूको संख्या शून्य देखिन्छ । तर, जति नै धार्मिक विविधता देखिए पनि यस गाउँपालिकामा धार्मिक सहिष्णुता कायम रहेको छ र विपरीत धर्ममा आंच आउने कुनै पनि गतिविधि गरिएको देखिएको छैन ।



३.६ बसाई सराईको विवरण


कुनै पनि स्थानमा जनसंख्या परिवर्तन हुने कारणहरू मध्ये बसाइसराई एक प्रमुख कारण मानिन्छ। विभिन्न अवसर र रोजगारीको खोजीमा देश भित्र वा देश बाहिर एक स्थानबाट अर्को स्थानमा स्थाई वा अस्थाई रुपमा बसाई सरेर जाने प्रवृत्ति क्रमश बढ्दै गएको पाइन्छ । बसाइसराईको प्रमुख कारणमा अवसर र रोजगारीको खोजी बाहेक सामाजिक स्थिति र असुरक्षा पनि रहेका छन् । यस गाउँपालिकामा पनि नजिकैको हिमाली जिल्लाबाट उल्लेख्य मात्रामा परिवारहरु बसाई सरेर आएको पाइएको छ । यहाँको अनुकुल मौसम, उर्वर जमिन र सामाजिक सुरक्षाले गर्दा मानिसहरु यस क्षेत्रमा बसाई सर्दै आइरहेका छन् ।

प्राप्त तथ्याङ्क अनुसार यस गाउँपालिकामा ६८ परिवारका ३०१ जना अरु ठाउँबाट बसाई सरेर यहाँ जीविकोपार्जन गरिरहेका छन् । वडागत रुपमा बसाई सराईको विवरण तल चित्रमा देखाइएको छ ।

बसाई सरेर नेचासल्यान आएकाको विवरण स्तम्भचित्रमा



३.७ घरको बनोटको विवरण


सर्वेक्षणको आधारमा, यस गाउँपालिकामा जम्मा २,७४९ घरधुरी छन् जस मध्ये १,७८२ वटा ( कूल घरधुरीको ६४.८२ प्रतिशत ) घर ढुंगा, माटो र टिनबाट बनेको पाइएको छ भने ढुंगा, माटो र खरबाट ८०३ वटा ( २९.२१ प्रतिशत ) घर बनेका छन् । त्यसैगरी, १३० वटा ( ४.७२ प्रतिशत ) कच्ची झुप्रा छन् र केही घरहरु प्लास्टर र ढलान भएको पाइएको छ ।

घरको बनोटको विवरण वर्गचित्रमा


तालिका नं. ३.५ : वडागत घरको बनोटको विवरण