खण्ड ४ : भू-उपयोग



४.१ गाउँपालिकाको भू–उपयोगको विवरण


नेचासल्यान गाउँपालिकाको विद्यमान भू–उपयोग हेर्दा गाउँको झण्डै ३६.४८ प्रतिशत (२४.६४ वर्ग कि.मि.) भूभाग वन क्षेत्रले ढाकिएको छ । त्यसैगरी गाउँको कुल क्षेत्रफल ६७.५४ वर्ग कि.मि. को ६२.५ प्रतिशत (४२.२१ वर्ग कि.मि.) खेतीयोग्य जमिन, जलाधार क्षेत्रले ०.४७ प्रतिशत (०.३२ वर्ग कि.मि.) र बालुवा क्षेत्र ०.५५ प्रतिशत (०.३७ वर्ग कि.मि.) ले ओगटेको छ । गाउँमा माटोको बनावट, खेतीयोग्य जमिन, संरक्षित क्षेत्र, बस्तीयोग्य क्षेत्र आदिको विस्तृत अध्ययनको आधारमा गाउँबासीहरूको आर्थिक हैसियत वृद्धि गर्न र वातावरणमा प्रतिकुल असर पर्न नदिन के–कस्ता उत्पादन प्रणाली तथा नितीहरू आवलम्बन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । भू–उपयोगको विस्तृत विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ४.१ : भू–उपयोगको विवरण


भू–उपयोगको विवरण स्तम्भचित्रमा



४.२ शहरीकरणको स्वरूप


गाउँमा सडक, संचारजस्ता सुविधाहरू रहेका अधिकांश क्षेत्रमा शहरीकरण प्रक्रियाले विस्तारै रुप लिएको देखिन्छ । गाउँपालिकाका कतिपय वडाहरूमा ग्रामीण विशेषता रहेको पाइन्छन् भने कतिपय प्रमुख वडा र वस्तीहरूमा शहरीकरण हुदै गरेको शहरोन्मुख अवस्थामा रहेको पाइन्छ । नेचा बिहिबारे, दोदी आदि मुख्य शहरीले क्षेत्रको प्रारूप लिएका छन् । यसका अतिरिक्त गाउँपालिकाका अधिकांश क्षेत्रहरू शहरोन्मुख अवस्थामा रहेको देखिन्छन् । जिल्लाका अधिकांश भू–भागबाट गाउँमा बसाइसराइको क्रम तिव्ररुपमा बढिरहेको हुँदा ती स्थानमा व्यवस्थित गाउँ विकाश योजना बनाएर बाटो, खानेपानी, ढल निकास, इत्यादीको समयमै विकास गर्नुपर्ने देखिन्छ ।



४.३ बस्ती विकासमा देखिएका चुनौतीहरू


बढ्दो जनसंख्या सँगै तिब्र गतिमा विकास भइरहेको शहरोन्मुख ग्रामिण बस्तीहरूको योजनाबद्ध विकासमा देखिएका चुनौतीहरू निम्नानुसार छन् ।

बस्तीहरूमा सुविधा वर्गीकरणको आधारबाट आवास क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक खुला क्षेत्र, हरित क्षेत्र, अस्पताल विद्यालय तथा कार्यालय क्षेत्र आदि गरी शहरी क्षेत्र लगायत शहरोन्मुख एवं ग्रामीण क्षेत्रहरूको किटान गर्न सकिएको छैन । यस सम्बन्धमा बस्तीहरूको गुरुयोजना पहिले नै बनाई आवासिय क्षेत्र व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, पार्क, उद्यान र खेल मैदान जस्ता सार्वजनिक क्षेत्र तथा कार्यालय एवं संघसंस्थाहरूको लागि क्षेत्र पहिले नै निर्धारण गर्नु जरुरी देखिएको छ ।

बस्तीहरूको प्राकृतिक वातावरणमा सुधारका लागि सार्वजनिक एवं निजी रुपमा वृक्षारोपण गर्न योजनाबद्ध प्रयास हुन सकेको छैन । विकासोन्मुख बस्तीहरूबाट निकास हुने फोहोरमैलालाई संकलन र प्रशोधन गरी बस्तीहरूको वातावरणलाई प्रतिकुल बनाउने कार्य रोक्नु पर्ने र ठुला बस्तीहरूमा छाडा पशुहरूको व्यवस्थापन तथा पशु हाट बजारको समेत व्यवस्था गर्नुपर्ने देखिन्छ। खोलानालामा ढल निकास गरी पानी प्रदुषण भइरहेको हुँदा प्रशोधन प्रणालीको विकास हुनुपर्ने देखिन्छ ।

सार्वजनिक निर्माण कार्यहरूमा सम्बन्धित निकाय एवं कार्यालयहरू बिच समन्वय हुन नसकि पुर्वाधारहरूको दिगो निर्माण हुन सकेको छैन । यस सम्बन्धमा स्थानीय निकाय तथा नागरिक समाजसँग समन्वय हुनु सकेको छैन ।



४.४ गाउँपालिकामा हुन सक्ने संभावित प्रकोपको विवरण


तालिका नं. ४.२ : गाउँपालिकामा हुन सक्ने संभावित प्रकोपको विवरण



४.५ प्राकृतिक प्रकोपको विवरण


यस नेचासल्यान गाउँपालिकामा बसोबास गर्ने मानिसहरु पनि २०७२ सालको महाविनाशकारी भूकम्पबाट एकदमै पिडित रहेको देखिन्छ । घरधुरी सर्वेक्षण २०७५ अनुसार यस गाउँपालिकामा २,१२७ परिवारहरु भूकम्प पिडित छन् साथै २४४ परिवारहरु हावाहुरीको कारण पिडित छन् । सर्वेक्षण अनुसार, वडा नं ४ मा बसोबास गर्ने मानिसहरु प्राकृतिक प्रकोपबाट ज्यादा पिडित रहेको देखिन्छ भने वडा नं. ५ मा प्राकृतिक प्रकोप पिडितको संख्या कम रहेको छ । यस गाउँपालिकाका प्राकृतिक प्रकोपको पिडितहरुको संख्यात्मक विवरण तलको तालिकामा देखाइएको छ ।

तालिका नं. ४.३ : प्राकृतिक प्रकोपको पिडितहरुको संख्यात्मक विवरण



४.६ भू–क्षय सम्भावित क्षेत्र


यस नेचासल्यान गाउँपालिकाको भू-संरक्षण र बनोट जटिल र कमजोर भएको साथै गाउँमा भिरपाखाहरू पनि प्रशस्त रहेको र खहरे खोलाको दायाँ/बायाँ कटानको कारण यस गाउँका धेरै भाग पहिरोको लागि निकै संवेदनशील छन् । विकासको क्रममा रहेको यस गाउँपालिकामा सडक निर्माणका कामहरु पनि भईरहेका छन् जसको कारण पनि सुख्खा पहिरोको जोखिम बढी रहेको छ ।

गाउँपालिकामा भू-क्षय सम्भावित ठाउँहरु :

• खहरेखोलाको दायाँ/बायाँका स्थानहरु
• चाङ्गम नेचासल्यान-१
• पैरेखोला आसपास
• सडक निर्माण भैरहेका स्थानहरु

यसक्रमलाई रोक्नको लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन उपायहरू अबलम्बन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अल्पकालिन उपायको रुपमा खोला किनारमा तटबन्ध निर्माण गर्ने, मध्यकालिन उपायको रुपमा प्रभावित क्षेत्रको वरिपरी वृक्षारोपण गर्ने र दीर्घकालिन उपायको रुपमा यस क्षेत्रलाई आरक्षित गर्ने तर्फ अघि बढ्नु पर्ने देखिन्छ । साथै मानव बस्ती भएका ठाउँहरुमा सडक निर्माण व्यवस्थित र सुरक्षित गर्नुपर्ने देखिएको छ ।